हेटौंडा । मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ३८९० नम्बरको कार भीमफेदी गाउँपालिका-६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी– काठमाडौं सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरूलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त मार श्रेष्ठको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको थियो । उनीहरूको भीमफेदी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ४ किलोमिटर पूर्व–उत्तरमा पर्छ ।




















प्रतिक्रिया