Logo

प्रमुख समाचार

देउवा पक्षद्वारा ‘विघटित’ केन्द्रीय समितिको बैठक आह्वान, बैठक ८ बजे बस्दै



काठमाडौँ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएलगत्तै शेरबहादुर देउवा पक्षले शनिबार बिहान ८ बजेका लागि ‘विघटित’ केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी यो आकस्मिक बैठक आह्वान गरेका हुन्।

बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको समितिलाई शुक्रबार बेलुकी निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूहले त्यसको प्रतिकार गर्ने रणनीति बनाउन यो बैठक बोलाएको हो।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार ०७:३५   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।