चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्। चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन्।
दाहालले आज दिउँसो १२ बजे प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेकी छन्। राजीनामा दिनुअघि उनले महानगरपालिकाको कार्यपालिका बैठक बोलाई जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेकी थिइन्।





















प्रतिक्रिया