Logo

अर्थ

नेपाल एयरलाइन्सद्वारा ऋणको किस्ताबापत ५३ करोड भुक्तानी



काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले मङ्गलवार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई उक्त रकम बुझाएको हो ।

निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि ल्याइएका दुई न्यारोबडी जहाजको पुस मसान्तसम्मको किस्ता तिरिएको छ । दुई वाइडबडी जहाजको हकमा भने आंशिक किस्ता मात्र भुक्तानी गरिएको छ ।

हाल निगमका चार वटै जहाजबाट नियमित उडान भइरहेको प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १२:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।