Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरे



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनको सुरक्षाको जिम्मेवारीमा रहेका साइबर सुरक्षा तथा पुर्बधार सुरक्षा एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेका छन् ।

अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली भयो भनेर गरेको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले क्रिसले यस बर्षको अमेरिकी निर्वाचन अमेरिकी इतिहासमै सुरक्षित रहेको बयान दिएपछि बर्खास्त गरेका हुन् । क्रिसले निर्वाचनमा कुनै भोट हटाइएको, परिवर्तन गरिएको र कुनै अनियमितता भएको प्रमाण नभएको बताएका थिए । उनेल एक विज्ञप्तिमा अमेरिकाको निर्वाचन अहिलेसम्मकै सुरक्षित रहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार नगरिरहेको अवस्थामा सुरक्षा प्रमुखले नै कुनै धोकाधडी नभएको बताएपछि उनलाई बर्खास्त गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।