Logo

प्रमुख समाचार

स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आह्वान



काठमाडौं । स्वास्थ्य बीमामा देखिएको समस्याबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले सरोकारवाला निकायहरूको बैठक बोलाएकी छन् । बैठक बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

रकम अभावका कारण ठूला अस्पतालहरूले स्वास्थ्य बीमा सेवा दिन नसक्ने अवस्था आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी नपाएको जनाउँदै सेवा रोकेको थियो । समस्या बढ्दै गएपछि स्वास्थ्य बीमा बोर्डले ओपिडी सेवाअन्तर्गत वार्षिक २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराउने व्यवस्था फागुन १ देखि लागू गर्ने जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १०:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।