काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २,६८१ को विन्दुमा कायम भएको छ ।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ८० करोड माथिको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ६० करोड ३० लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एचएलआई लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.५४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया