काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ ।
आज दिउँसो १ बजेर २९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट नम्बर टीके ७२७ को जहाजमा उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो ।
जहाज काठमाडौंबाट ४ माइल पश्चिम पुग्दा चालक दलले काठमाडौं एप्रोच कन्ट्रोललाई दायाँ इन्जिनमा आगो लागेको जानकारी गराएका थिए । लगत्तै जहाजलाई केही समय आकाशमै होल्ड गरि कलकत्ता तर्फ मोडिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको छ ।
जहाजमा २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सवार रहेका थिए । सबै सुरक्षित छन् । विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै जहाजको सफल अवतरण भएको बताएको हो ।




















प्रतिक्रिया