Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे ११ अर्बकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८ को विन्दुमा कायम भएको छ ।

आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब ५८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ५८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १५:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।