काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा बन्द भएको छ ।
आज ३२६ कम्पनीको शेयर किनबेच हुँदा ११ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ५८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया