Logo

राजनीति

कांग्रेस उपसभापति शर्माको प्रश्न: किन ७४ आमाको काख रित्तियो ?



जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ?

यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ ? भविस्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व कोसँग छ ? मूल प्रश्न यो हो ।’

शर्माले चुनावी जितहारपछि पनि मिलेर देश निर्माणको काममा लाग्नु पर्नेमा जोड दिँदै नयाँ आशा, नयाँ विश्वास जगाउन जुट्नु पर्ने बताए । उनले देश कसले हाँक्ने भन्ने दाबी कुनै पनि दलले गरिरहँदा देश गाँस्ने भन्ने मूल मन्त्र जप्दै अघि जानु पर्नेमा जोड दिए ।

चुनावी मैदानमा रहेका कुनै पनि दल र कुनै पनि प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने प्रष्ट पार्दै उपसभापति शर्माले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘आलोचना गर्नुपर्दा स्वस्थ्य ढंगले गर्नेछ तर कसैलाई पनि गाली गर्नेछैन । देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीति अनुरुप प्रस्तुत हुन आग्रह गर्दछु ।’

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार २१:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।