Logo

राजनीति

एमाले देश बनाउने शक्ति हाे: ईश्वर पोखरेल



काठमाडौं । काठमाडौं-५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र पारेका छन् ।

बुधवार टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गरे । उनले पार्टीले सधैँ देश निर्माणका लागि काम गर्दै आइरहेको समेत बताए ।

‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने। नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे ।

जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने पोखरेलले प्रतिबद्धता जनाए । फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको बताएका छन् ।

काठमाडौं-५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेलले मत मागिरहेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ११:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।