Logo

समाचार

दुर्गा प्रसाईं रिहाइको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै आइतबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ।

माइतीघर मण्डलामा भेला भएका राजावादी समर्थकहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली आयोजना गरेका हुन्। प्रदर्शनकारीहरूले पक्राउप्रति आपत्ति जनाउँदै सरकारविरोधी नारा समेत लगाएका थिए।

प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।

माइतीघर मण्डलाबाट सुरु भएको मोटरसाइकल र्‍याली भद्रकाली मन्दिर क्षेत्रमा पुगेर समापन भएको आयोजकहरूले बताएका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १६:०२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।