काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.४१ अंकले बढेर २,६१६ को विन्दुमा कायम भएको छ ।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविदूतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ३२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया