Logo

समाचार

सडक चिप्लो हुँदा दाउन्नेमा सवारी चलाउन कठिन



बुटवल । पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा पानी परेपछि सडक चिप्लो हुँदा राजमार्गमा सवारी आवागमनमा कठिनाइ भएको छ ।

सामान्य वर्षापछि सडक चिप्लो बनेका कारण सवारीसाधन बिस्तारै चलेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीका डीएसपी वीरदत्त पन्तले राजमार्गमा सवारी नरोकिएको तर बिस्तारै चलेका जानकारी दिए ।

यसअघि आज बिहान २ दाउन्नेस्थित किरण होटेल नजिकै सडक भासिएको ठाउँमा लगातार वर्षाका कारण सडक सतह चिप्लो भई सवारी साधन आवतजावतमा समस्या भएको थियो ।

जसका कारण केही समय एकतर्फी सञ्चालन गरिएको थियो ।निर्माणाधीन धुलाम्मे दाउन्ने खण्डमा हल्का पानी पर्दा पनि सडक अत्यन्तै चिप्लो हुने गर्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १७:४३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।