Logo

अन्तर्राष्ट्रिय

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारतमा



काठमाडौं । बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर पुष्टि भएपछि दम्पतीले सँगै गरेको यो पहिलो विदेश भ्रमण हो।

मुम्बईबाट भ्रमण सुरु गरेका उनीहरू मंगलबार विलियमले स्थापना गरेको वातावरणीय पुरस्कार ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुनेछन्। कार्यक्रममा पाँच विजेतालाई जलवायु परिवर्तनसँग जुध्ने नवीन उपायका लागि जनही १३ लाख अमेरिकी डलर प्रदान गरिनेछ।

समारोहमा क्रिकेटर सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट, अभिनेता रामी मालेक र बेलायती पप समूह ‘टेक द्याट’को सहभागिता रहनेछ।

भारत पुगेपछि राजकुमार दम्पतीले मुम्बईको बलार्ड इस्टेटमा स्थानीय बासिन्दासँग सडक क्रिकेटसमेत खेले। उनीहरूले बुधबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

क्याथरिनका लागि यो भ्रमण क्यान्सर उपचारपछि विदेशमा राजपरिवारका औपचारिक कार्यक्रममा सँगै सहभागी हुने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। उनले सन् २०२५ जनवरीमा आफू क्यान्सरमुक्त भएको घोषणा गरेकी थिइन्।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।