Logo

बैंकिङ

अपांगता भएकालाई एनएमबि बैंकको सहायता



काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगंगा नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपांग महासंघ नेपालको सहकार्यमा सञ्चालन गरिएको “अपांगता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो ।
उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १८:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।