Logo

खेलकुद

‘कालीका कप’ भलिबलमा सेमिफाइनल समीकरण पूरा



बागलुङ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरेको खुला पुरुष ‘कालिका कप’ भलिबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।

लिककम नकआउटमा खेलाइएको खेलअन्तर्गत शुक्रबार पहिलो क्वाटरफाइनल खेलमा सिद्धार्थ चस्मा घरले धौलागिरि मोबाइल पसललाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

दोस्रो खेलमा आदित्य होल्डिङ तित्याङले रायडाँडा खेलकुद विकास समितिलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको खेल संयोजक सचिन खड्काले जानकारी दिनुभयो ।

यसअघि बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा घले हार्भेष्ट्रिङ अष्ट्रेलियाले भिमापोखरा खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा र दोस्रो खेलमा बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै गौडाकोट युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

शनिबार सेमिफाइनलको पहिलो खेल घले हार्भेष्टिङ अष्ट्रेलियाविरुद्ध आदित्य होल्डिङ तित्याङ र दोस्रो खेल सिद्धार्थ चस्मा घरविरुद्ध गौडाकोट युनाइटेड बिचमा हुने खेलका रेफ्री संयोजक किशोर थापाले जानकारी दिनुभयो ।

यस्तै, ‘कालिका कप’ महिला भलिबल प्रतियोगितामा जैमिनी नगरपालिकालाई २–१ को सेटमा पराजित गर्दै धौलागिरि वीरेन्द्र मावि र बडिगाड गाउँपालिकालाई २–० सेटमा पराजित गर्दै शान्ता मावि पोखरा दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पुरुष भलिबलको विजेताले नगद ३ लाख रुपियाँ मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिला भलिबलमा प्रथम हुनेले नगद १ लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजार रुपियाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिने संयोजक खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार २१:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।