Logo

अर्थ

सेयर बजारमा ७१ अंककाे गिरावट, १५ अर्ब ३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८७९ को विन्दुमा कायम भएको छ ।

आज ९ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५६ कम्पनीको मूल्य घटेको छ ।

आज १५ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रु पावर कम्पनीको ५२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १५:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।