Logo

समाचार

लागू औषधसहित आठजना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नाग ढुङ्गाबाट नियन्त्रित लागू औषध ट्राम डोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौर सिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नाग ढुङ्गाबाट खटिएको प्रहरीले वीर गन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगन्ज महानगरपालिका-१६ शङ्कराचार्य गेटबाट लागू औषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बेतिया बस्ने ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरिब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ०९:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।