Logo

अर्थ

आज पनि सेयर बजारमा भारी गिरावट, १२ अर्ब ९६ करोडकाे कारोबार



काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१ को विन्दुमा कायम भएको छ ।

आज २६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३७ कम्पनीको मूल्य घटेको छ ।

आज १२ अर्ब ९६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १५:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।