काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अर्याललाई आज साँझ काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो।
कम्पनीले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेकव आरोप उनीमाथि लागेको छ । यो विषय धितोपत्र बोर्ड हुँदै सीआईबीमा पुगेपछि अनुसन्धान भइरहेको थियो । उनीविरुद्ध डेढ वर्षअघि सीआईबीमा उजुरी परेको थियो।




















प्रतिक्रिया