Logo

शेयर बजार

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनी को ९ प्रतिशत बोनसबापत २० लाख ५१ हजार ९३६ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी को ४ प्रतिशत बोनसबापत १० लाख २६ हजार कित्ता,

विन्ध्यावासिनी हाइड्रोपावर को ५ प्रतिशत बोनसबापत ५ लाख ६४ हजार कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स को २० लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत गरिएको हो।सूचीकृत यी सेयर आजदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने नेप्सेले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।