काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ६ हजार ७०० रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको थियो ।


















प्रतिक्रिया