Logo

बैंकिङ

‘ग्लोबल आइएमई दोस्रो ह्याकाथन’ प्रतियोगिताको आवेदन खुला



काठमाडौं ।  ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन प्रतियोगितामा सहभागिताका लागि आवेदन खुला गरेको छ ।
बैंकले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो।
एआई र मेसिन लर्निङ सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोस्रो संस्करण २०२६’ आगामी मे महिनाको २९–३१ मा आयोजना गरिने बैंकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूका लागि आवेदन खुला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेबसाइटमार्फत् आवेदन दिन सकिनेछ ।
बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो। पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्न लागेको हो।
प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले दि अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अबधारणाहरू प्रस्तुत गर्नुपर्नेछ ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिने जनाइएको छ ।
प्रविधिमैत्री वित्तीय सेवाहरू प्रवर्द्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै नविनतम अवधारणाहरूलाई प्रोत्साहित गर्न ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।