काठमाडौं। मार्जिन कारोबार सुविधा आगामी वैशाख २ गतेबाट उपलब्ध हुने भएको छ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै २०८३ वैशाख २ गतेबाट मार्जिन कारोबार योग्य ब्रोकरहरुले यो सुविधा प्रदान गर्ने जानकारी दिएको हो ।
एसोसिएसनको बैठकले मार्जिन कारोबार सुविधासम्बन्धी ब्रोकरहरुको कार्यप्रक्रिया पारित गरिएको जानकारी दिएको छ ।
बजार नियामक र सञ्चालक दुवैले मार्जिन कारोबार सुविधासम्बन्धी खाका तयार गरेपछि स्टक ब्रोकरहरुले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया निर्माण गरेका हुन् ।
मार्जिन कारोबारसँग सम्बन्धित सबै प्रक्रिया पूरा गरेको भए पनि केही प्राविधिक विषय पनि मिलाउनुपर्ने भएका कारण आगामी वैशाख २ गतेदेखि सबै मार्जिन कारोबार गर्न योग्य ब्रोकरहरुबाट यो सुविधा लगानीकर्तालाई उपलब्ध गराउने तयारीमा धितोपत्र दलाल व्यवसायीहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेपाल स्टक एक्सचेन्जले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ जारी गरिसकेका छन्

















प्रतिक्रिया