Logo

समाचार

९ हजार भूमिहीन सुकुम्बासीले पाए लालपुर्जा, सार्वजनिक स्थल अतिक्रमित बस्ती प्रमाणीकरण नहुने



काठमाडौं। भूमि समस्या समाधान आयोगले देशभर ९ हजार १२ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ।

निवेदन दर्ता गरेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई आयोगमार्फत पुर्जा वितरण गरिएको हो।

आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयलमा नाम सिफारिस पठाएपछि सरकारले परीक्षण गरी पुर्जा वितरण अनुमति दिएको हो।

आयोगका विज्ञ सदस्य टेकबहादुर शाहका अनुसार पुर्जा वितरणका लागि एकद्वार प्रणालीबाट लगत संकलन गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको थियो।

आयोग मातहतका जिल्ला समिति, सम्बन्धित पालिका तथा वडा तहसँग समन्वय गरी सबैको प्रमाणीकरण गरिएपछि पुर्जा वितरण गरिएको हो ।

आयोगले सार्वजनिक स्थल, सांस्कृतिक सम्पदालगायत अतिक्रमण गरी बनाइएका बस्ती प्रमाणीकरण नगरिने जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०९:३६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।