Logo

समाचार

प्रहरीले नै मनायो ‘अप्रिल फूल’



काठमाडौं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे मनाएको छ ।

सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ ।

उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं। तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ,’ प्रहरीले भनेको छ ।

प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १३:१४   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।