Logo

अर्थ

सेयर बजारमा ७४ अंकको गिरावट, १२ अर्ब १० करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ७४.७३ अंकले घटेर २,७७६ को विन्दुमा कायम भएको छ ।

आज १३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।

आज १२ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानकिर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।