काठमाडौं । भक्तपुरस्थित हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ। जसअनुसार कुल ४० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई जारी गरिनेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
उक्त नियुक्ति र समझदारीको लागि हिलोरा हिल्स रिसोर्टका सञ्चालक ई. दिपविक्रम विष्ट र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच नयाँ बानेश्वर, काठमाडौँमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
भक्तपुरको पहाडमा अलौकिक ढङ्गले निर्माण गरिएको हिलोरा हिल्स रिसोर्ट प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ र काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
रिसोर्टमा १०० भन्दा बढी राम्ररी सजिएका कोठा, स्काई भ्यू रेस्टुरेन्ट, ईन्डोर स्विमिङ पूल, र पिकनिक स्पट रहेका छन्।


















प्रतिक्रिया