Logo

समाचार

कलाकार सागर लम्साल ‘बले’माथि लाग्यो बलात्कारको आरोप



काठमाडौं । कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् । पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् ।

त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन् ।

पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् ।

कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ । सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो । युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो ।

नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन् ।

लम्सालले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । मोबाइल फोन पनि रिसिभ भएन ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १२:३३   :  बजे

387
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।