काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।
उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।
सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेकोमा करिब १ अर्ब ४९ करोड रुपैयाँ मात्र ऋण तथा लगानीमा प्रवाह भएको देखिएको छ। बाँकी रकमको कुनै विवरण नभेटिएकाले हिनामिनाको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रवाह गरिएको ऋणसमेत कमसल वा बिना धितो दिइएको खुलेको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।


















प्रतिक्रिया