Logo

मनोरञ्जन

कलाकार सागर लम्साल पक्राउ, बलात्कार आरोपमा अनुसन्धान सुरु



काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक युवतीले बलात्कारको आरोप लगाएकी छन्। ती युवतीले करिब एक वर्षअघि अमेरिकामै आफूलाई बलात्कार गरिएको दाबी गर्दै सार्वजनिक रूपमा आरोप लगाएपछि घटनाले ध्यान तानेको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पीडित भनिएकी युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै लम्सालमाथि गम्भीर आरोप लगाएकी थिइन्। उनका अनुसार लामो समयदेखि चिनजान रहेको विश्वासका आधारमा आफूले उनलाई आफ्नै अपार्टमेन्टमा बोलाएको र त्यही क्रममा घटना भएको दाबी गरिएको छ। उनले आफूलाई परिवारजस्तै विश्वास गरेको व्यक्तिबाटै धोका भएको उल्लेख गरेकी छन्।

घटनापछि लम्सालमाथि छानबिन गर्न चौतर्फी दबाब बढ्दै गएको थियो। प्रहरी स्रोतका अनुसार उजुरी र प्रारम्भिक प्रमाणका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, घटनाको वास्तविकता प्रमाणका आधारमा स्थापित गरिने र दोषी ठहरिए कानुनअनुसार कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ।

यस घटनाले सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक चर्चा पाएको छ भने कलाकार समुदायभित्र पनि यसको प्रभाव देखिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार ०९:०५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।