काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक १०५.५० अंकले घटेर २,६७६ को विन्दुमा कायम भएको छ ।
आज ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको मूल्य घटेको छ ।
आज १२ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया