काठमाडौं । नेपाल सरकारको निर्णयसँगै अब बैंक तथा वित्तीय संस्था सातामा ५ दिन मात्र खुल्ने भएका छन् । शनिबार र आइतबार सार्वजनिक बिदा रहने व्यवस्था लागू गरिएको हो ।
नेपाल राष्ट्र बैंकले चैत २२ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म कार्यालय सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यसअनुसार बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरिएको छ।
सरकारको निर्णयपछि बैंक तथा वित्तीय संस्थाहरूले पनि सोही समयतालिका लागू गरिसकेका छन् र सोमबारदेखि नै नयाँ समयअनुसार सेवा सुरु भएको छ।
यस्तै, केन्द्रीय बैंकका कार्यालय समय भने बिहान ९ देखि अपरान्ह ५ बजेसम्म रहनेछ भने कात्तिक १६ देखि माघ १५ सम्म भने समय छोट्याइनेछ। बैंकिङ कारोबार पनि सो अवधिमा बिहान ९ देखि अपरान्ह ३ बजेसम्म हुनेछ।





















प्रतिक्रिया