काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेको पुँजीबजारप्रतिको धारणापछि सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ को विन्दुमा बन्द भएको छ।
आज २६४ कम्पनीको सेयर मूल्य बढ्दा ३ वटाको घटेको छ।
बजारमा आज करिब ११ अर्ब रुपैयाँको कारोबार भएको छ।
आज १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेसनल हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले बढ्दा बाँकी ६ कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीले बढेर सकारात्मक सर्किट लागेको हो।
आज रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य १.६० प्रतिशतले घटेको छ।





















प्रतिक्रिया