काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले भारी मुनाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा २७४ प्रतिशत बढी आम्दानी गरेको क्यानले सार्वजनिक गरेको विवरणबाट देखिन्छ ।
आज बसेको क्यानको कार्यसमिति बैठकले एनपीएलको आम्दानी र खर्चको हिसाब अनुमोदन गरेको हो । जसअनुसार क्यानले ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ । अघिल्लो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ मात्र थियो ।
क्यानको खर्च भने झिनो अंकले बढेको छ । पहिलो संस्करणमा २० करोड १५ लाख रुपैयाँ खर्च भएकोमा यसपालि २१ करोड ९६ लाख रुपैयाँ खर्च भयो । खर्च लगभग स्थिर र आम्दानी ह्वात्तै बढ्दा क्यानको बचत उच्च भएको हो ।
सबै फ्रेन्चाइजहरु भ्याटमा दर्ता भएकाले उनीहरूले आम्दानीको १.५ प्रतिशत टिडीएस तिरे पुग्छ ।
फ्रेन्चाइजीहरुलाई बाँडेपश्चात् पनि क्यानलाई ९ करोड २१ लाख २१ हजार रुपैयाँ बचत छ । यो भनेको गत वर्षको तुलनामा २७५ प्रतिशत वृद्धि हो । गत वर्ष क्यानले २ करोड ७४ लाख रुपैयाँ बचत गरेको थियो ।





















प्रतिक्रिया