काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको नाफा २८.५३ प्रतिशतले घटेको छ ।
बैंकले चालु आर्थिक वर्षमा चैत मसान्तसम्म ६४ करोड ३३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ९० करोड ७४ हजार रुपैयाँ थियो ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ३ रुपैयाँ ९७ पैसा कायम भएको छ।
यस्तै चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि २७.०१ प्रतिशतले घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ थियो।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २८.४३ प्रतिशतले घटेर ९२ करोड २४ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
चैत मसान्तसम्मको अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज (रिभर्सल) २ करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको छ, जुन गत वर्ष सोही अवधिमा २ करोड ८१ लाख ३० हजार रुपैयाँ (रिभर्सल) थियो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ सञ्चित छ।




















प्रतिक्रिया