Logo

समाचार

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने निर्णय



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार संस्थाको वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजान प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो।

बैठकले सोहीअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।