काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न र निष्पक्ष अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको छ।
नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा बुझाइएको निवेदनमा गृहमन्त्री गुरुङमाथि गम्भीर आरोप सार्वजनिक भएको उल्लेख गर्दै पदमा बहाल रहँदै आफ्नैविरुद्ध छानबिन अघि बढाउनु ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भएको तर्क गरिएको छ। संगठनले यस्तो अवस्था नेचुरल जस्टिसको सिद्धान्तविपरीत भएको पनि जनाएको छ।
संगठनका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित निवेदनमा सरकारलाई गृहमन्त्रीलाई पदबाट हटाउन सिफारिस गर्न, उनलाई पक्राउ गरी हिरासतमा राख्न, आरोपहरूको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न तथा प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।
निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र राष्ट्रिय मानवअधिकार आयोग, ललितपुरलाई समेत पठाइएको छ।




















प्रतिक्रिया