Logo

अर्थ

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा



काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा लामो समयसम्म विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ती ग्राहकहरूबाट करिब रु १ करोड ४ लाख १७ हजार ३८१ बक्यौता असुली हुन बाँकी रहेको केन्द्रले जनाएको छ।

बक्यौता नतिर्ने ग्राहकहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउँदै कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ

यसै आर्थिक वर्षमा प्राधिकरणले बक्यौता असुली अभियान अन्तर्गत १ हजार ८२६ ग्राहकको विद्युत् लाइन काटेको छ। ६ महिनासम्म महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने नीति अनुसार कारबाही गरिएको जनाइएको छ।

हाल भरतपुर वितरण केन्द्रमा कुल ७४  हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकहरूबाट जम्मा करिब रु ४९ करोड ४ लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १०:२९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।