Logo

अर्थ

तोलामा १ हजार ६ सयले बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमडौं । मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार ११:००   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।