Logo

अर्थ

सेयर बजारमा १७ अंकको गिरावट



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १७.९१ अंकले घटेर २,८०७ को विन्दुमा कायम भएको छ ।

आज ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावर कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १४.८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ८.७१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १५:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।