काठमाडौं । सिद्धार्थ बैंकको अग्राधिकार सेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिद्धार्थ बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँबराबरको अग्राधिकार सेयर ल्याउन अनुमति दिएको थियो। त्यसपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेपछि आज नेप्सेमा सूचीकृत भएको हो।
कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। अब सिद्धार्थ बैंकको अग्राधिकार सेयर पनि भोलि बिहीबारबाट कारोबारमा आउनेछ ।




















प्रतिक्रिया