Logo

पर्यटन

साढे ९ सय जनाले अनुमति लिँदा एक अर्ब नाघ्यो पर्वतारोहण रोयल्टी



काठमाडौं। यो वर्ष पर्वतारोहणका लागि बिहीबारसम्म ९४४ जना पर्वतारोहीले अनुमति पाएका छन्। पर्यटन विभागले सार्वजनिक गरेको विवरणअनुसार ३० हिमाल आरोहण गर्न उनीहरूले अनुमति पाएका हुन्।

आरोहीबाट विभागले एक अर्बभन्दा बढी रोयल्टी प्राप्त गरेको छ। यसमध्ये सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट प्राप्त भएको छ। यो हिमाल चढ्न ४१ समूहका ४१० आरोहीले अनुमति लिएका छन्।

सगरमाथाबाट मात्र ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। यस वर्ष हिमाल आरोहणका लागि चीनबाट मात्र १२७, अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६०, अष्ट्रेलियाबाट २२ जनाले अनुमति लिएको विभागको तथ्यांक छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार १९:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।