Logo

प्रमुख समाचार

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता



काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार १६:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।