Logo

कर्पोरेट फोकस

२८ मोडलमा सिजीको चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टीका साथ व्यवसाय र घरधुरीको पहिलो रोजाइ



काठमाडौं । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराउँदै आएको छ ।

११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा उपलब्ध २८ वटा उत्कृष्ट मोडल र कम्प्रेसरमा ५ वर्षको विशेष वारेन्टी कम्पनीले दिँदै आएको छ ।

नेपालको बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीहरूको सुरक्षा र ताजगी कायम राख्नु एउटा ठूलो चुनौती हो। यस्तो अवस्थामा सीजी चेष्ट फ्रिजरको आवश्कयता बढ्ने कम्पनीले जनाएको छ ।

चर्को गर्मीमा दुध, दही, मासु र तरकारी जस्ता वस्तुहरू छिटै बिग्रने डर हुन्छ। सीजीको ‘सुपर फास्ट फ्रिजिंग’ प्रविधिले यी सामग्रीको प्राकृतिक गुण र ताजगीलाई लामो समयसम्म जोगाएर राख्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार, एकैपटक धेरै सामान भण्डारण गर्न सकिने हुनाले पटक-पटक बजार जानुपर्ने झन्झट हट्छ र थोक खरिद गर्दा पैसाको समेत बचत हुन्छ।

सीजीले आफ्ना चेष्ट फ्रिजरका कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ, जसले ग्राहकलाई लामो समयसम्म निश्चिन्त बनाउँछ र लगानीको पूर्ण सुरक्षा दिने कम्पनीको भनाइ छ ।

यस्तै प्रतिकूल मौसम र अस्थिर भोल्टेजमा पनि कुनै रुकावट बिना निरन्तर चल्न सक्ने शक्तिशाली कम्प्रेसरका कारण पनि धेरै उपभोक्ताले यसलाई रुचाएको कम्पनीले जनाएको छ ।

साना पसलदेखि ठूला उद्योगसम्मका लागि उपयुक्त २८ वटा फरक मोडलहरू उपलब्ध हुनुले हरेक व्यवसायीलाई आफ्नो आवश्यकता अनुसारको सही छनोट गर्ने अवसर दिएको छ। विशेष इन्सुलेशन प्रविधिले गर्दा बिजुली नभएको समयमा पनि धेरै घण्टासम्म भित्री चिस्यान कायम रहन्छ, जसले सामानहरू बिग्रन नदिने कम्पनीको भनाइ छ ।

ग्राहकले नागरिकता मात्र पेश गरेर ०% ब्याज र सजिलो मासिक किस्तामा आफ्नो रोजाइको चेष्ट फ्रिजर लान सक्नेछन्। यो ‘गेम चेन्जर’ अफरले साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई निकै राहत पुर्‍याउने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार १२:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।