काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले भने ‘आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिनेछ ।’
आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिने पनि उनले बताए । विद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘अन्तरदेशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षितको माध्यम बननाइनेछ ।’





















प्रतिक्रिया