काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म ६ वटा विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
लाभांश घोषणा गर्ने बैंकहरूमा गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक रहेका छन्।
घोषणा गरिएको लाभांशमध्ये गरिमा विकास बैंकको सबैभन्दा बढी २० प्रतिशत रहेको छ भने सबैभन्दा कम महालक्ष्मी विकास बैंकको ७.१८ प्रतिशत रहेको छ।
गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकको हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ रहेको छ। बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकको चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ रहेको छ। बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ।
कामना सेवा विकास बैंकले शेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले अग्राधिकार शेयरपुँजी र साधारण शेयरपुँजीका आधारमा फरक दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले भदौ ३१ गते साधारणसभा सम्पन्न गरी उक्त लाभांश पारित गरिसकेको छ।
मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकको हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकले साधारणसभाको मिति भने तय गरेको छैन।
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ।
यसैगरी, महालक्ष्मी विकास बैंकले ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ३.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.७८ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले साधारणसभा तथा बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन।



















प्रतिक्रिया