Logo

कर्पोरेट फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा साढे ४ अर्बभन्दा बढी दावी भुक्तानी, जेनजी आन्दोलनको क्षतिपूर्ति मात्रै २ अर्ब ४२ करोड



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८२/८३ को पहिलो १० महिना सम्ममा जम्मा ४ अर्ब ५० करोडभन्दा बढी दावी भुक्तानी गरेको छ । सो मध्ये भाद्र महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तीमा भएको क्षतिपूर्ति वापत रु. २ अर्व ४२ करोड भुक्तानी गरेको छ ।

कम्पनीले यस अवधिमा जेनजी वाहेकको भइ परी आएका अन्य दावीहरु वापत पनि २ अर्ब ८ करोड भन्दा बढी भुक्तानी गरेको छ । यस आ.व. को १० महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा जम्मा १४७५६ वटा दावी दर्ता भएको तथा १३५०८ वटा दावी फछ्र्यौट गरेको छ ।

गत वर्षको बाढी पहिरोबाट सृजित दावीमा पनि सिद्धार्थ प्रिमियरले सबै भन्दा बढी दावी भुक्तानी गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १२:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।